काठमाडौं । पाल्पाली गायक तथा सर्जक पुरुषोत्तम गैरेले नयाँ नेपाली गित “पिंजडाको चरी”  बजारमा ल्याएका छन् ।

गायक गैरेले पिंजडाको चरी बोलको मन रुवाउने गीतिसंग्रह सार्वजनिक गरेका हुन् । यो गीतले माया प्रेम र बिछोडिनु पर्दाको पिडा उठाएको छ ।

पुरुषोत्तम गैरे नामक आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा चर्चित गायिका सुनिता बुढाले साथ दिएकी छन् ।

बिमल पौडेलको शब्द रहेको गीतमा संगीत स्वयम् गैरेले भरेका छन् ।

कोभिड १९को कारण भएको लकडाउनमा गाउँमै बस्दा उनले उक्त गीतको सिर्जना गरेका हुन् ।

गीतको एरेन्ज कृष्ण बिके (भान्जा)ले गरेका छन् । उक्त गीतको भिडियोमा क्रान्ति केसीले निर्देशन निर्देशन गरेका छन् ।

गीतमा हेमन्त रसाइली सारंगी, बासुरीमा रत्न फुलुट, मादलमा खड्क बुडा मगर, ढोलकमा भुवन गन्धर्व र गितारमा संजीव लिम्बुको साथ रहेको छ ।

गीतको भिडियोमा गायक गैरेसँगै चर्चित मोडल अन्जली अधिकारी, संगम भण्डारी लगायतको अभिनय रहेको छ ।

उक्त गीत ” पिंजडाको चरी” टिकटकमा भाइरल भएको छ । यसरी टिकटकमा आफ्नो गीत भाइरल हुँदा निकै खुशी लागेको बताए ।

भिडियाे :-

प्रतिक्रिया

सम्बन्धित खवर

Alert:-The Content Is protected !