काठमान्डौ – लोकप्रिय सर्जक शिव हमालको दमदार शब्द तथा सुमधुर लय सिर्जना रहेको नयाँ गीत “भीरमा सेती गाई “भर्खर मात्र सार्वजनिक भएको छ ।

नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन मुटुमा बसेको लोकप्रिय सर्जक शिव हमालको शब्द संगीतमा ,कुशल गायक बिरु लामा र सर्वप्रिय सबै भन्दा महंगी गायिका बिष्णु माझीको आवाज दिएको निकै उत्कृष्ट लोकदोहोरी गीत ”भिरमा सेती गाई” बोलको गीत बजारमा सार्वजनिक भएको छ । पछिल्लो समय म्युजिक भिडियोमा सबैतिर छाईरहनुभएको लोकप्रिय कलाकार सागर लम्साल र रुबिना अधिकारीको दमदार अभिनय यस गीतमा रहेको छ ।

यसो त हमालले निकै तिखा शब्द लेख्छन् भने उस्तै सुमधुर लय सिर्जना गर्छन । यो गीतले पनि शिवको सांगीतिक यात्रामा एक सुनौलो यात्रा साबित गर्ने छ ।

बिष्णु माझी र विरु लामाको आवाज रहेको गीतले विषय वस्तु भने माया प्रेमलाई नै बनाएको छ तर फरक धार बाट । गीतलाई मौसम हिमालिले निकै कलात्मक निर्देशन गरेका छन् भने सागर लम्साल र रुबिना अधिकारीले अभिनय गरेका छन् ।

भीरमा सेती गाई Bhirma Seti Gai by Biru Lama & Bishnu Majhi | Feat. Sagar Lamsal “Bale” & Rubina Adhikari | Lok Song

प्रतिक्रिया

सम्बन्धित खवर

Alert:-The Content Is protected !