तनहूँ । जब जब तनहूँ जिल्ला क्षेत्र नं.१ माननिय कृष्णकुमार श्रेष्ठ किसानको जिल्लातिर आगमन हुन्छ नेपाली कांग्रेस तनहूँको मनमा पहिरो जान्छ अब किसानले कुन ठाँउका कांग्रेसका कार्यकर्तालाई पार्टी प्रवेश गराउने हुन् ? माननियले जतातिर नजर लगाउनुहुन्छ त्यतैतिरका नेता तथा कार्यकर्ताको रातभरि फोनको घण्टी बजाउनुहुन्छ कांग्रेसका नेताहरु तपाईको गाउँतिर हाम्रो पार्टीमा कतै पहिरो जादै त छैन भनेर ?

हुनपनि सांसद किसानले पछिल्लो समय तनहूँ जिल्लामा बिशेष गरि आफ्नो निर्वाचनक्षेत्रमा सयौको संख्यामा कांग्रेसका नेता तथा कार्यकर्ताहरु आफ्नो पार्टीमा प्रवेश गराईसक्नुभएको छ । व्यास नपा ११ को डाडाँगाउँमा शनिबार आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसान, नेकपा नेतृ एवं राष्ट्रिय सभाकी सांसद भगवती न्यौपाने लगायत नेकपाका नेताहरुले नेपाली काँग्रेस परित्याग गरि नेकपामा प्रवेश गर्नेहरुलाई टिका र माला लगाई स्वागत गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै सांसद श्रेष्ठले पछिल्लो समय तनहुँमा नेकपामा प्रवेशको लहरले नेपाली काँग्रेसका नेताहरु मानसिक रुपमा विछिप्त भएको बताउनुभएको थियो । मानसिकरुपमा विक्षिप्त बनेपछि नेपाली काँग्रेसका नेताहरुले कानुन उल्लंघन गर्दै, विधि र पद्धतीको उल्लंघन गर्दै हिडेको आरोप लगाए । विषय पुल उद्घाटनको देखिएपनि वास्तवमा नेपाली काँग्रेस सकिने अवस्था आएपछि कार्यकर्तालाई संरक्षण गर्ने बाहानाको खोजी गर्दै हिडेको सांसद श्रेष्ठले आरोप लगाउनुभएको थियो ।

“आमाहरूले थालमा पस्केको खान पनि एकै चोटीमा पस्कन सकिँदैन, छोराहरूलाई पनि पालैपालो थाल दिनु पर्ने अवस्था हुन्छ त्यस कारणले गर्दा मलाई विकासप्रेमी नेता, हाम्रो विकासमा लाग्नुभएको नेता भनिरहँदा म दुःखको साथ भन्छु मैले हजुरहरूले चाहे जति, सोचे जति तपाईंहरूको टोल बिकास गरेको छैन होला। तर तपाईंहरूलाई म के भन्छु भने अहिलेको बाटोको अवस्थाको फोटो खिच्नुहोस् र अब कालोपत्रे भएपछिको फोटो फेसबुकमा हाल्नुहोस्। कांग्रेस परित्याग गरेर गरी नेकपामा प्रवेश गर्नुभएको सबैलाई रिदय देखि नेकपा र मेरो ब्यक्तिगत तर्फ बाट उच्च सम्मान तपाईंहरुको साहसको लागी पनि कदर गर्दछु । ” कृष्ण कुमार श्रेष्ठ (किसान)

ब्यास नगरपालिकाले ढुंगा कटिङ्ग उद्योग जाने बाटो बाट मासिक १ करोड रुपैयाँ बराबरको कर उठाए पनि बाटोको अवस्था धुलै, कच्ची रहेको र सडक मर्मत सम्भार नगरेको भन्दै स्थानीय टोल वासिले तनहुँ क्षेत्र नं १ बाट विजयी संसाद माननिय कृष्ण कुमार श्रेष्ठ (किसान) लाई गुनासो राख्नु भएको थियो।

ब्यास नगरपालिका ११ मा २५ जना भन्दा बढि व्यक्तिहरु नेपाली काँग्रेस परित्याग गरि नेकपामा प्रवेश गर्नुभएको थियो । सो कार्यक्रममा नेकपा व्यास नगर कमिटिका अध्यक्ष श्रीराम कार्की, जिल्ला सदस्य माधवबहादुर पन्त, रनसिंह नेपाली, विरेन्द्र अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो ।

सांसद श्रेष्ठद्धारा १ महिनाको तलब सहयोग

व्यास नगरपालिका वडा नं. ११ मा आयोजित कार्यक्रममा सांसद श्रेष्ठले आफ्नो मासिक तलब भत्ता वापतको रकम ५० हजार रुपैयाँ फराकचौर टोल विकास संस्थाको निर्माणाधिन अधुरो भवनको लागि प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Alert:-The Content Is protected !