ईन्द्रेणी सांस्कृतिक कार्यक्रम हरेक नेपालीहरुको एउटा मात्र यस्तो साझा चौतारी हो जहाँ नेपालको धर्म,संस्कृति, रितिरिवाज, मौलिकता र हरेक आम नेपाली सर्वसाधारणको अज भन्नु पर्दा दु:ख सु:खका कुरा राख्ने माध्यम हो। आज भन्दा करिब १३ वर्ष पहिले बाट यात्रामा रहेको ईन्द्रेणीमा सबै भन्दा ठूलो महत्वपूर्ण योगदान , भूमिका आदरणिय दाजु कृष्ण कँडेलको रहेको छ । कृष्ण कँडेल दाइको बारेमा जति चर्चा गरिन्छ उति कम लाग्छ,बयान शब्दले गर्न सकिँदैन। उहाँ दिन रात पनि नभनी सधैँ गरिब, पिडितको लागि ईन्द्रेणीमा खटिनु हुन्छ।

ईन्द्रेणी टिममा समावेश हुनु भएका सम्पूर्णको योगदान रहेको छ। दैनिक रूपमा भिडियोहरु ईन्द्रेणी मार्फत सार्वजनिक हुने गर्दछ। केही दिन यता ईन्द्रेणी बाट प्रसारित कार्यक्रमको एउटा १ घण्टा १० मिनेट रहेको भिडियो को अंश बाट मात्र केहि सेकेण्ड, मिनेटको सानो सानो भिडियो किल्प टिकटक(TikTok),ट्रोल(Troll) बन्यो, विवादको विषय बनाए।यस कारणले ईन्द्रेणी टिम, कृष्ण कँडेल र गायिका टिका सानु लाई निकै नकारात्मक असर परेको छ, उहाँहरू आज साह्रै दु:खी देखिनुहुन्छ।

के हो त विवादको वास्तविक्ता ? बिवाद भनिएको भिडियो

टिका सानु र प्रकाश अधिकारीको दोहोरी सँगै लोकबाजा संग्रहालयबाट बाजाको रक्षाको खवरदारी । २०७७ साल मंसिर २१ गते आइतबार प्रसारित यो भिडियोमा गायिका टिका सानुले दिएको सानो अभिव्यक्ति को विषयलाई अहिले विभिन्न प्रकारका सकारात्मक र नकारात्मक प्रतिक्रिया आएको छ। सानो टिकटक भिडियो बनाएर टिका सानुलाई मात्र एकलौटी रुपमा प्रहार गरिएको छ। उनले भिडियोमा भनेकी छन्”ईन्द्रेणी र कलाकार दुवै परिपुरक हुन्” । भन्नु पर्दा ईडिटरले राम्रो सँग इडिट गरिदिएको भए सायद अहिले यो घटना हुँदैन थियो।

फेसबुक मार्फत टिका सानु र कृष्ण कँडेल को सन्देश

मंसिर २४ गते बुधबार ११ बजे राति टिका सानुले फेसबुकमा लाईभ गरी कृष्ण कँडेल दाइ सँग यो विषयमा छलफल भएको थियो। कृष्ण कँडेलले आफू , ईन्द्रेणी‌ टिम र टिका सानु बिच कुनै मनमुटाव नरहेको जानकारी दिनुभयो। दु:खी हुँदै कृष्ण कँडेलले भन्नु भयो ” मैले आज सम्म यति धेरै मुद्दा उठाए भाईरल भएन, त्यही भिडियोमा लोकबाजा संग्रहालयबाट बाजाको रक्षाको खवरदारी गरेको विषय भाईरल हुनुपर्ने तर बिडम्बना टिका बहिनीले बोलेको सानो कुरा दर्शकहरुले बुझ्न सक्नु भएन।”उक्त लाईभ भिडियो सार्वजनिक भएको केही बेरमा टिका सानुले डिलिट गर्नुभएको छ।त्यस पछि उनले फेसबुकमा स्ट्याटस लेखेकी छिन्

गायिका टिका सानुलाई नकारात्मक प्रतिक्रिया,गाली गलौज, जातियताको आधारमा गाली केहीले समाजिक सञ्जालमा हेर्न नसक्ने गरी अपमान, चरित्र हत्या गर्ने काम गरेका छन्।तैपनि टिका सानु लाई मन पराउने प्राय दर्शकले टिका सानुको कुरा नबुझेका मान्छेले गर्दा र भेडापनले उक्त विषय भाईरल बन्यो। कष्ण कँडेलले टिका सानुलाई काममा भोलि पल्ट नियमित रूपमा काममा जान आग्रह गर्नुभयो।

उहाँ हाल रमेश प्रसाईंको विवाह का लागि जानुभएको थियो र हाल इलाममा रहेको जानकारी दिनुभयो। पाठकहरुले बुझ्न पर्ने के छ भने टिका सानुले म ईन्द्रेणीले गर्दा यो स्थानमा पुगेको कुरा जहिले भन्नुहुन्छ, ईन्द्रेणीलाई साथ पनि दिनुभएको छ। कलाकार र ईन्द्रेणी दुवै एक अर्काको परिपूरक हुन् भन्ने कुरा गलत पनि होइन। ईन्द्रेणी र कलाकार दुवै एक सिक्काका दुई पाटा हुन् भन्ने बुझ्न जरुरी छ।यति सानो विषयमा ईन्द्रेणी लाई अल्झिएर राख्नु हुँदैन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Alert:-The Content Is protected !