लमजुङ जिल्ला केन्द्रविन्दु भएर बुधवार बिहान ५ः४२ मा भूकम्प गएको छ ।

लमजुङको भुलभुलेमा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का राजधानी काठमाडौंसम्म महसूस भएको थियो ।

लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीमा समेत धक्का महसुस गरिएको छ । यसअघि वैशाख १५ गते कलंकी केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्पको धक्का महसूस गरिएको थियो ।

गण्डकी र बागमती प्रदेशमा ठूलै धक्का महसुस भएको छ । केही ठाउँमा सर्वसाधाण बाहिर समेत निस्केका थिए । चितवनमा भने बढी हल्लिएको हाम्रा सहकर्मीले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Alert:-The Content Is protected !