तनहुँ । लोकप्रिय गायिका शान्तिश्री परियारलाई पुत्री लाभ भएको छ ।

पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनले आज बिहान छोरीको जन्म दिएकी हुन् । छोरी र आमाको स्वस्थ्य अवस्था सामान्य रहेको परिवारले जनाएको छ । गायिका शान्तिश्री परियारले केही समय पहिला नारायण भुजेल सँग बिहे प्रेम बिहे गरेकी थिइन् ।

सामाजिक सञ्जालमा लोकप्रिय गायिका शान्तिश्री परियारलाई पुत्री लाभ भए सँगै अहिले सबैले उहाँहरुलाई बधाई दिनेको ओइरो लागेको छ।

गायिका शान्तिश्री परियारले २०७४ सालमा सर्वाधिक चर्चित सत्यकथामा आधारित गीत प्रकाश सपुतको शब्द, निर्देशनमा रहेको बोल मायामा स्वर दिएकि थिइन्।

यो गीतले उनलाई नेपाली लोक दोहोरी क्षेत्रमा अझ निकै चर्चित बनाउने काम गरेको थियो।

बधाई छ ! गायिका शान्ती श्री परियारलाई पुत्री लाभ....

यो समाचार पनि पढ्नुहोस्:-युट्युब ट्रेन्डिङको २ मा रहेको ‘दाल भात तरकारी’, हेर्नुस् भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

Alert:-The Content Is protected !