राजेश हमाल र सचिन परियारको पहिलो अभिनय रहेको गीत “वरको छायाँले” सार्वजनिक भएको छ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् ।

यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै विच कमला घिमिरे,करुणा राई र गोविन्द पौडेलको स्वरमा रहेको “वरको छायाँले” वोलको गितले एकैदिनमा नेपाली गीत संगीतमा नयाँ इतिहास रच्न सफल भएको छ ।

राजेश हमाल र सचिन परियार रहेको पहिलो गीत "वरको छायाँले" Barko Chhayale by Kamala, Karuna & Govinda | Feat. Rajesh Hamal, Sachin Pariyar & Aayusha | New Song

६ दिन अघि मात्रै युटुवमा रिलिज (सार्वजनिक) भएको “वरको छायाँले” गित उक्लदै युट्युब ट्रेन्डिङ्गमा पर्न सफल भयो । अहिले यो समाचार तयार पार्दासम्म गित युट्युबमा ५ नम्बर ट्रेन्डिङ्गमा छ भने अहिले सम्ममा १६ लाख ५१ हजार भन्दा बढी भियुज गएको छ भने गितलाई राम्रो मानेर युटुवमा समेत कमेण्ट समेत गरेका छन् ।

गोविन्द पौडेलको शब्द र संगीत रहेको गीतको थेगो कृष्ण कुमार विश्वकर्माको रहेको छ । वरको छायाँले गीतलाई कृष्ण विक भान्जाले एरेन्ज गरेका हुन । गीतको भिडियोलाई काजीश श्रेष्ठले निर्देशन गरेका हुन ।

भिडियोमा महानायक राजेश हमाल, करुणा राई,आयुषा गौतम,सचिन परियार लगायतकाले अभिनय गरेका छन । गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला।

राजेश हमाल र सचिन परियार रहेको पहिलो गीत “वरको छायाँले”

यो समाचार पनि पढ्नुहोस्:-सुरक्षा पन्त अभिनित फिल्म ‘आमा’ युट्युबमा सार्वजनिक

प्रतिक्रिया

सम्बन्धित खवर

Alert:-The Content Is protected !