तनहुँ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिएका छन् । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो ।

थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ । परीक्षामा नियमिततर्फ ३ लाख १० हजार ३१६ जना र ग्रेडवृद्धितर्फ ९१ हजार ९०० तथा आंशिकतर्फ ३१ हजार ५५ गरी कुल ४ लाख ३३ हजार २७१ जना सहभागी भएका थिए । जसमा आंशिकतर्फ १ जनाको परीक्षा रद्द गरिनुका साथै कुल ११ हजार ४९० जनाको परीक्षा स्थगित गरिएको छ ।

कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट शुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए । यस्तै परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np लगायत एसएमएस सर्भिस र आईभीर सर्भिस लगायतबाट हेर्न सकिन्छ ।

कक्षा १२ नतिजा २०७७

प्रतिक्रिया

सम्बन्धित खवर

Alert:-The Content Is protected !