गायक तथा मोडल दुर्गेश थापालाई पुत्र लाभ भएको छ। आफ्नो फेसबुक वालमा स्टाटस लेखेर छोराको फोटो राखेका छन्।गायक तथा मोडल दुर्गेश थापा फेसबुक वालमा स्टाटस लेख्दै भन्छन् “नयाँ मान्छेलाई सुनौलो संसारमा स्वागत छ। केही बर्ष अघि गायक तथा मोडल दुर्गेश थापाको प्रचि लामा सँग विवाह भएको थियो।

सामाजिक सञ्जालमा उनले आफ्नो र छोरा को तस्वीर पोस्ट गरे सँगै बधाई तथा शुभकामना दिनेको ओइरो लागेको छ।

गायक तथा मोडल दुर्गेश थापाले “बिच्च बिच्चमा” ,”हाप्पी तिहार” जस्ता थुप्रै गितहरु निकालेका छन् ।उनका केही गीत लोकप्रिय पनि छन् । गतवर्षको तीजमा ‘बीच्च बीच्चमा’ बोलको गीत सार्वजनिक गरेपछि दुर्गेश एकाएक चर्चामा आए । पहिले पनि उनको चर्चा त हुन्थ्यो । तर, यो गीतले धेरै दर्शकमाझ परिचित गरायो ।

उनले शेयर गरेको पोष्टमा धेरैले बधाई तथा शुभकामना दिएका छन् । धेरै शुभचिन्तकहरूले विवाह नगरी कसरी बुबा भन्दै चकित पर्दै कमेन्ट गरेका छन् ।केही समयअघि पनि दुर्गेशले आफ्नी प्रेमिका प्राचीलाई सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिएका थिए ।

यो समाचार पनि पढ्नुहोस्:-लोकप्रिय गायिका शान्तिश्री परियारलाई पुत्री लाभ..

 

प्रतिक्रिया

सम्बन्धित खवर

Alert:-The Content Is protected !