गायिका बिष्णु माझि र अलिफ खान को पहिलो गित ‘तिम्रो खबर‘। यो समयमा सामाजिक संजालमा सर्बाधिक भाइरल भएको एक आवाज हो मुस्लिम गायक आलिफ खान। उनको आवाजलाई लिएर यो समय फेसबुक देखि युटुब तिर सर्बाधिक चर्चा छरिएको छ।

उनि चर्चामा आए संगै यो बेला उनको अर्को ठुलो सपना साकार भएको छ।बिगतमा कसैको साथ् र माया नपाएका आलिफ यो बेला दर्शकको माया पाउदा निकै चकित भएका छन भने दर्शक संग उनको अझ नजिक हुने बाटो बन्न थालेको छ।

लोकप्रिय गायिका बिष्णु माझि र अहिलेका भाइरल गायक अलिफ खान को सुमधुर आवाजमा प्रतिभाशाली कलाकार गणेश खनालको शब्द संकलनमा बहुप्रतिभाका धनि कुसुम भण्डारीको लय सिर्जनामा भाइरल गायक अलिफ खानको लोक दोहोरि एल्बम “तिम्रो खबर” सार्बजनिक भएको छ।

लोकप्रिय गायिका बिष्णु माझि र अलिफ खान को पहिलो गित ‘तिम्रो खबर‘

भिडियो तर्फ लोकेन्द्र शाहले निर्देशन गरेका छन् भने दिपक श्रेष्ठले उक्त गीतको छायांकन गरेका छन् र योगेश शाह ले भिडियो सम्पादन गरेका छन्। उक्त गीतमा राजु र स्मृतिको अभिनय रहेको छ।

उक्त भिडियो आस्था कला केन्द्रले निर्माण गरेको छ। उक्त लोक दोहोरि गीतलाई सलिना म्युजिकको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरिएको छ।भिडियो:-

प्रतिक्रिया

सम्बन्धित खवर

Alert:-The Content Is protected !