पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ ।

समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् ।

यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ ।

मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोक दोहोरी गायक गोविन्द बाबु रिजालले निषेधाज्ञाकै बिच ‘ रोग र भोक ’ गित सार्वजनिक गरेको छ।

उनले आईतबार आफ्नै युट्युब च्यानल मार्फत गीत सार्वजनिक गरेको हो। गीतमा गोविन्द बाबु रिजाल र शान्ती श्री परियारको स्वर रहेको छ ।

गोर्खाली सर्जक रमेश परियारले उक्त गीत लेखेका हुन्। ‘ रोग र भोक ’ गित ले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :

प्रतिक्रिया

सम्बन्धित खवर

Alert:-The Content Is protected !