गायिका टिका सानु र सितल गुरुङ बिचको दोहोरी युट्युव ट्रेन्डिङमा ।

दोहोरी हेर्ने दर्शक बिच निकै लोकप्रिय नाम हो गायिका टिका सानु । पछिल्लो समयमा उहाँ समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ।  उहाँको गायन शैली ,उहाँको व्यवहार र बोलीचालीको बारेमा सबैलाई जानकारी नै छ।

अहिले नेपालमा कोरोना महामारीको कारण निषेधज्ञा जारी छ । यसले पैसा हुने र बसीबसी तलब आउने मानिसहरूको लागि त खासै असर नगरेको होला तर दिनहुँ जसो काम गरेर गरी खाने मध्यम र निम्न वर्गको परिवारमा कति असर गरेको छ त्यो पिडा भोग्नेलाई थाहा होला।

लकडाउनको बेला कलाकारहरुको जिवनमा पनि धेरै असर परेको छ । गायिका टिका सानु मार्फत यसै बिच पनि विदेश बाट आफ्नो गाँस कटाएर सहयोग पठाउनु हुने सम्पूर्ण नेपालीहरुलाई धेरै धेरै धन्यवाद (हजुरहरुले गरेको सहयोग शब्दमा बयान गर्न सकिदैन) ।

केही दिन अघि टिका सानु को अफिसियल युट्युव च्यानल बाट अपलोड गरिएको लाईभ दोहोरीको भिडियो अहिले युट्युव ट्रेन्डिङमा छ। “साचो कुरा होइन यो झुटो” बोलको गीतमा भएको दोहोरी अहिले युट्युवको ९ नम्बर ट्रेन्डिङमा पर्न सफल भएको छ । हेरौँ यो लाईभ दोहोरी गितको भिडियो:- 

प्रतिक्रिया

सम्बन्धित खवर

Alert:-The Content Is protected !