तनहुँ : नेपाली काङ्ग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले प्रजिअ र एसपीलाई जिल्ला छाड्न चेतावनी दिनुभएको छ । बुधबार प्रहरीले दमन गरेको भन्दै बैकुण्ठ न्यौपानेले जिल्ला छाड्न प्रशासन प्रमुखलाई चेतावनी दिनुभएको हो ।

बुधबार पुल उदघाटनका लागि जाने क्रममा प्रहरीले काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेतालाई पक्राउ गरेको थियो। “विगतमा प्रशासकलाई २४ घण्टे लगाएर सरुवा गराएको इतिहास छ,” बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा न्यौपानेले भन्नुभयो, “प्रहरी प्रशासनले कसैको इसारामा दमन गरेको छ ।”

बुधबार उदघाटन हुन नसकेको व्यास-१ र १० जोड्ने पक्की पुलको आज उदघाटन गर्ने तयारी सहित नेताहरु जुलुस सहित त्यसतर्फ लागे । बुधबार रोकिएको व्यास-१ र १० जोड्ने बुल्दीखोला पुलको बिहीबार उदघाटन गरिएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ले उक्त पुलको उदघाटन गर्नुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य शंकर भण्डारी,गोविन्द भट्टराई,प्रदिप पौडेल,धुव्र वाग्ले गण्डकी प्रदेका प्रमुख प्रतिपक्ष दलका नेता कृण्ण नेपाली लगाएत नेताहरूको उपस्थित रहेको थियो।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूमाथिको आक्रमणले लोकतन्त्र लज्जित भएको टिप्पणी गरेका छन् । व्यास १, १० र ११ जोड्ने बुल्दी पुलको उद्घाटन गर्दै पौडेलले पुल उद्घाटन गर्न नदिएर संघीयतामा स्थानीय निकायको तेजोबोध गरेको बताए ।

 

‘यसले संघीयतामा स्थानीय निकायको तेजोबोध भएको छ,’ पौडेलले भने । पुलिसको डण्डाले करङ दुःखेको र धेरै बोल्ने अवस्थामा नरहेको भन्दै पौडेलले पुलिसको दमनले कहिल्यै पनि नछाडेको बताए । ‘मलाई पुलिसको दमनले कहिल्यै पनि छाडेन,’ उनले भने,‘पुलिसको डण्डाले पेलेकाले बोल्न असजिलो भएको छ ।’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हजारौ कांग्रेसका कार्यकर्ता लिएर गएर बुल्दिखोलाको पुल उद्घघाटन गरेका छन्।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Alert:-The Content Is protected !