‘ उद्घाटनमा रहर भए रामचन्द्र पौडेल मात्र हैन जोकोहीको हातबाट रिबन काटेर गराउँथ्यो,’-सांसद कृष्ण कुमार श्रेष्ठ

दमौली , १९ मंसिर:- तनहुँ जिल्लामा उत्पन्न समसमायिक परिस्थिति र क्षेत्र अधिकारका सवालमा आयोजित पत्रकार सम्मेलनमा नेकपाबाट निर्वाचित प्रतिनिधीसभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सदस्यहरु सामेल हुनु भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित सङ्घ र प्रदेशका सांसदहरुले विधि र प्रकृया नमिच्न नेपाली काङ्ग्रेसलाई आग्रह गर्नुभएको छ ।

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरोकारवाला कार्यालय सँग समन्वय नगरी आफूखुशी दुई वटा पुलको उद्घाटन गरेको भन्दै सांसदहरुले शुक्रबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी विधि र प्रकृया नमिच्न आग्रह गर्नुभएको हो । पत्रकार सम्मेलनमा सांसदहरु केदार सिग्देल, कृष्णकुमार श्रेष्ठ किसान,राष्ट्रिय सभाका सांसद भगवती न्यौपाने, रामबहादुर गुरुङको उपस्थिती रहेको थियो ।

नेता पौडेलको संविधान बनाउन र लोकतन्त्र ल्याउन खेलेको भूमिकाको सम्मान गरे पनि निर्वाचित प्रतिनिधि भएकाले आफ्नो भूमिकालाई बाइपास गरेर अधिकार नमिच्न आग्रह गरे । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले नियम र पद्धति नमानेका कारण बुल्दी पुल उद्घाटनमा अवरोध भएको बताएका छन् । ‘ उद्घाटनमा रहर भए रामचन्द्र पौडेल मात्र हैन जोकोहीको हातबाट रिबन काटेर गराउँथ्यो,’ उनले भने,’ तर सरकारको नियम र पद्धति नमानेकाले विरोध गरेका हौँ ।

पत्रकार सम्मेलनमा प्रतिनिधी सभाका सदस्य श्रेष्ठले काँग्रेसका नेताबाट गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने सार्वजानिक धारणा राखेको उल्लेख गर्दै छानबिन गर्न र दोषी देखिए सबै सम्पत्ति राष्ट्रियकरण गर्न तयार रहेको बताएका थिए । ‘मैलै व्यापार गरेर कमाएको धन हो, मेरो पनि थुप्रै व्यवसाय छ,बरु काँग्रेसका नेताले व्यापार नै नगरी राजनीतिक गरेको भरमा काठमाडौंमा घर र महङ्गो गाडी कसरी चढे ? भनि प्रतिप्रश्न गरे ।

पत्रकार सम्मेलनमा सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले तनहुँको सम्पूर्ण विकास निर्माणको कामको जिम्मा नेकपाले लिने बताउनुभयो । पूर्व सभामुख भइसकेको एक जना सम्मानित व्यक्तिले गलत प्रकृयाबाट भएको कार्यमा सहभागी हुन निन्दनीय र दुःखद कार्य भएको सांसद श्रेष्ठको भनाई थियो ।

हेर्नुहोस् तनहुँ जिल्लामा उत्पन्न समसमायिक परिस्थिति र क्षेत्र अधिकारका सवालमा आयोजित पत्रकार सम्मेलनमा सांसद कृष्ण कुमार श्रेष्ठ ( किसान ) ले राख्नु भएको कुराकानी भिडियो

 

प्रतिक्रिया

सम्बन्धित खवर

Alert:-The Content Is protected !