तनहुँ:- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सांसद किसान श्रेष्ठ ले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र युवा नेता प्रदिप पौडेल दलाल र विचौलिया भएको प्रतिक्रिया दिएका छन् ।

तनहुँको व्यासस्थित बुल्दी खोला पक्की पुल उद्घाटन कार्यक्रममा बोल्दै प्रदिप पौडेलले सांसद भएपनि किसान श्रेष्ठ बिचौलिया ठेकेदार भएको आरोप लगाएको प्रति आक्रोशित हुँदै सांसद श्रेष्ठले उल्टै रामचन्द्र र प्रदिप माथि दलाल र विचौलियाको आरोप लगाएका हुन् ।

अन्तत: नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल उद्घाटन गरेका हुन्। पौडेलले बिहीबार कांग्रेसका हजारौँ कार्यकर्ता सहित पुल उद्घाटन गरेका हुन्। जिल्लाभरबाट कार्यकर्ता दमौलीमा उतारेर पुल उद्घाटनमा सहभागि गराइएको थियो।

आफूसँग ७ हजार मतले पराजित भएका नेता रामचन्द्र पौडेलले प्रदिप मार्फत चरित्र हत्या गर्न खोजेर हारेको कुण्ठा पोखेको समेत उनले  आरोप लगाए । नेता श्रेष्ठले भने–‘म कसरी विचौलिया ठेकेदार भए ? मलाई पार्टीले विश्वास गरेर टिकट दिएको हो र जनताले विश्वास गरेर सांसद बनाएका हुन् । आफूले चुनाव जित्न नसकेपछि अहिले दोस्रो व्यक्ति मार्फत म माथि खनिन मिल्छ ?’

‘म पौडेलद्वयलाई नै चुनौति दिन चाहन्छु । हामी त हजुरबुबाको पालादेखि नै व्यापारी हौं । ब्यापार गर्दा गर्दै म जनताको सेवा गर्न तनहुँ गएको हुँ । कुनै बेला कागती बेचेर बस भाडा तिर्ने रामचन्द्र पौडेलको अहिले स्वदेश र विदेश (लण्डन)मा कसरी घर हुन्छ ? प्रदिप पौडेल आफै दलाल र विचौलिया हुन्, नभए काठमाडौंमा घर र गाडी चढ्ने उहाँको हैसियत कसरी भयो ?’ श्रेष्ठले आक्रोशित हुँदै प्रश्न गरे ।

पुल उद्घाटन विवादको प्रकरणमा बोल्दै नेता (सांसद) किसान श्रेष्ठले भने–‘संघीय सरकारले बनाएको पुल उपभोक्ता समितिले उद्घाटन गर्न मिल्छ ? अनि त्यहाँ रामचन्द्र पौडेल जाने ? कि उहाँलाई कानुनका कुरा थाहा छैन ?’

रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न मन भए आफूसँग सम्पर्क गर्न आग्रह गर्दै नेता (सांसद) किसान  श्रेष्ठले भने–‘रामचन्द्रले पुल शिलान्यास र पुल उद्घाटन गर्न रहर छ भन्नु भयो भने म दिनको दुईवटा पुलको शिलान्यास गराइदिन्छु । तर, कानुन विपरित गएर काम गर्ने अनि अहिले म माथि नै खनिने ?’

बुल्दी पुल प्रकरण;यसो भन्छन सांसद किसान श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित खवर

Alert:-The Content Is protected !